धादिङ : दसै तिहार सकिएलगत्तै तनहुँ र कास्की जिल्लाका ६ परिवारका १० जना बोटे समुदायका मानिसहरू यतिबेला त्रिशुली किनारमा बालुवा चालेर सुन निकाल्दैछन् । उनीहरू भुइँमा उज्यालो खसेदेखि बगरमा पॉगो र साना साना ढुंगा जमेको बगर सुन पाउने आसमा सॉझसम्म खोतल्छन् ।
उनीहरूको बसाइ पनि नदी किनारमै छ । दिनभरि पानी खेलाउनुपर्ने र सॉझ पनि बगरमै बस्नुपर्ने रहर नभई बाध्यता भएको उनीहरू बताउँछन् ।
त्रिशुली नदीको चिसोको कुनै परवाह नगरी नदी किनारमा गएर कष्टसँग जीवन बिताउनु बोटे समुदायको रहर भने होइन । घर खर्च चलाउन, बालबच्चाको लालनपालन र दुई चार पैसा कमाउन उनीहरू नदी किनारमा बालुवा चालेर सुन निकाल्दै आएका हुन् ।
बोटे तथा माझी समुदायका मानिसहरू बालुवा चालेर सनु खोज्न व्यस्त हुने गरेको हरेक वर्ष भदौदेखि जेठसम्म नदी किनारमा मानबहादुर बोटेले बताए ।“सुन पाइने नदी र बगरको बारेमा जानकारी छ । त्यसकारण समय मिलाएर सबै नदी किनार पुग्छौ । राम्रो सुन पाइने नदीहरू कालीगण्डकी, त्रिशलूी, बुढीगण्डकी, मर्स्याङ्दी र मादी हुन्,” उनले भने ।
यस वर्ष दसैं सकिएलगत्तै धादिङ जिल्ला सिद्धलेक अमनटारस्थित त्रिशुली नदी किनारमा आइपुगेका तनहुँ जिल्ला म्याग्दे गाउँपालिका, बोटटारका आसबहादरु बोटे ६० वर्षका भए । आफू यसरी नदी बगर चहारेर बालुवाबाट सनु निकाल्न थालेको ४८ वर्ष भएको उनले बताए । अहिलेसम्म सुन बेचर नून किनेर परिवार पाल्नबाहेक केही गर्न नसकेको उनले बताए ।
आफहूरूले निकालेको सुन बजारमा चलेको मूल्यको ७५ प्रतिशत मूल्यमा सुन पसलमा विक्री हुँदै आएको उनले बताए । “बाउको पछि लागेर बालुवामा सुन निकाल्न जानियो, यही नै गरियो,” उनले भने ।
२९ वर्ष बालुवा चालेर सुन निकालेर खारिएका काशी बोटे हिउँदमा सुन खोज्ने र वर्षायाममा चामल किन्ने भन्छन् । फेरि हिउँद आउँछ , बोटे बगरमा आउँछ भन्छन् । “ दुई जनाले मरिमेटेर काम गर्दा तीन÷चार लाल सुन पनि मुस्किल पर्छ । दिन बिताउने काम मात्र भएको छ,” उनले भने।
आसमाया बोटे भन्छिन, “६ भाइ छोरा छन, घर बनाउँदैमा जग्गा सकियो । परिवार पाल्न गाह्रो । बुढेसकालमा पनि बुढाको पछि लागेर बगर खोतल्न आएको छु । बगरको काम, बगरकै बसाइ छ । चिसोले जीउ करकर्ती खान्छ । उठ्यो फेरि उही काम । यसरी नै जीविका चलेको छ ।” (कारोवार दैनिकबाट)