दमाैली : नेकपा एमाले भानु नगर कमिटीले दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभा आयोजना गर्ने भएको छ । भानु नगरपालिका–२ नारेश्वरटारमा शनिबार सन्देश सभा आयोजना हुन लागेको हो ।
सभालाई नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य भगवती न्यौपानेले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले भानुले जनाएको छ ।