कालीभञ्जन गणले मनायो १८ औं वार्षिकोत्सव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कालीभञ्जन गणले मनायो १८ औं वार्षिकोत्सव

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०७८, सोमबार

    दमाैली : तनहुँको व्यास नगरपालिका–५ स्थित कालीभञ्जन गण (इ)ले आइतबार १८ औं वार्षिकोत्सव मनाएको छ । विसं २०६० मङ्सिर १८ गते स्थापना भएको गणले विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो ।

    वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै कर्णेल कमाण्डाण्ट कृष्णमुरारी न्यौपानेले नेपाली सेनाको छवि उच्च बनाउने काममा कालीभञ्जनले महत्वपूर्ण योगदान दिँदै आएको बताए । जोखिमपूर्ण र चुनौतिका काममा कालीभञ्जन अब्बल रहेको उल्लेख गर्दै न्यौपानेले विपद् व्यवस्थापनमा पनि गणले खेलेको भूमिका सराहनीय रहेको बताए ।

    ‘ज्ञान, सीप र कर्म’ आदर्शवाक्य बोकेको कालीभञ्जन गण (इ) ले तालुक अड्डाको निर्देशन बमोजिम प्रत्येक भूमिका तथा जिम्मेवारी सर्वश्रेष्ठ रुपमा निर्वाह गर्दै आएको गणपति प्रमुख सेनानी मनोज गुरुङले बताए । गणले मध्यकमाण्ड अन्तर्गतका युनिटहरुलाई कम्व्याट इन्जिनियरिङ सहयोग गर्दै आएको गुरुङले बताए ।

    कार्यक्रममा मध्यकमाण्ड सेनापति बाबुराम श्रेष्ठ, तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो । सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

    चारपूर्व अवस्थित फिल्ड कम्पनीहरु (नं १, २, ३ र ६) लाई समायोजन गरी गणको स्थापना भएको थियो । स्थापनाकालदेखि हालसम्म कालीभञ्जन गण विभिन्न स्थानहरुमा स्थानान्तरण भइरहेको छ । यसगण गौचर व्यारेक एयरपोर्टमा स्थापना भई विसं २०६१ असोज ३ गते तत्कालिन श्री पश्चिम पृतना हेडक्वाटरको परिसरभित्रको फूलबारी व्यारेकमा स्थानान्तरण भएको थियो । २०६१ चैत १६ गते पोखरा विमानस्थलको सुरक्षार्थ पोखरा एयरपोर्टमा स्थानान्तरण भएको गण २०७५ वैशाख १४ गते एयरपोर्टबाट तत्कालिन श्री पश्चिम पृतना हेडक्वाटर परिसरभित्र विजयपुर व्यारेकमा स्थानान्तरण भएको थियो ।

    नेपाली सेनाको अपरेशनल आवश्यकता अनुरुप गणलाई विसं २०७६ माघ १० गते चापाघाट व्यारेकमा स्थानान्तरण गरिएको थियो ।