अशोक शेरचनको ‘तरुनी बन्दिपुर’ सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अशोक शेरचनको ‘तरुनी बन्दिपुर’ सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    १९ मंसिर २०७८, सोमबार

    दमौली : हरेक दिन बिहान आधा घण्टाको सामान्य व्यायामबाट सुरु हुन्छ अशोक शेरचनको दैनिकी । बिहानमात्र होइन, बेलुका पनि उनी आधा घण्टा घर वरपर नियमित दौडने तथा व्यायाम गर्ने गर्छन् । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् शेरचन ।

    तरुनी बन्दिपुर पर्यटकीय गाउँ तनहुँ बन्दिपुर माथि उनै अशोक शेरचनले लेखेको एउटा कविता हो । आन्तरिक र बाह्य पर्यटन प्रवर्धनमा धेरथोर टेवा पुगोस भन्ने हेतुले थोरै भएपनि प्रयास गरिरहेका हुन्छन् । उनै शेरचनको “प्रिय बागलुङ” पनि बजारमा ल्याउने तयारीमा छ ।

    गायक देवेश राईको स्वरमा रहेको ‘तरुनी बन्दिपुर‘ गीतको भिडिओ सार्वजनिक गरिएको छ । यसमा अशोक शेरचनको शब्द तथा शान्तिराम राईको संगीत रहेको छ । पर्यटकीय गाउँ तनहुँ बन्दिपुरलाई गीत मार्फत व्यक्त गर्न खोजिएको छ । गीतमा बन्दिपुर आसपासका ठाउँहरुको समेत वर्णन गरिएको छ ।

    देवेन्द्र बब्लुले निर्देशन गरेको भिडियोमा प्रकाश सपुत र सगुन शाही ठकुरीले फिचर्ड गरेका छन् । सुनिल विकले छायाङ्कन गरेको गीतको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।