दमाैली : गण्डकी प्रदेशका बिना विभागीय मन्त्री डोवाटे विकले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मन्त्री विकले दलित तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका हुन् ।
दलित समुदायका साथै विपन्न वर्गको उत्थानमा लागेर राजनीतिक कदमलाई अगाडि बढाउन केन्द्रीय सदस्यमा उम्मेदवारी दिने विकले बताए । गरिब तथा निमुखाको उत्थानका लागि कांग्रेसले गरेको आन्दोलनलाई सार्थक तुल्याउन पनि आफ्नो उम्मेदवारी रहने उनले बताए ।
मन्त्री विश्वकर्मा तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुन् ।