दमौली : तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा जारी दोस्रो ऋषिङ कप भलिबल प्रतियोगिताको फाइनलमा शुक्लागण्डकी नगरपालिका र बागलुङको गलकोट नगरपालिका भिड्ने भएका छन् ।
बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा स्याङ्जाको बिरुवा गाउँपालिकालाई पराजित गर्दै गलकोट फाइन प्रवेश गरेको हो। फाइनलमा गलकोटले आजै शुक्लागण्डकीसँग प्रतिस्पर्धा गर्नेछ ।
मंगलबार भएको पहिलो सेमिफाइनलबाट भिमादलाई पराजित गर्दै शुक्लागण्डकी फाइनल प्रवेश गरेको थियो ।