मिर्गौला पीडितलाई रु दुई लाख बढी सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मिर्गौला पीडितलाई रु दुई लाख बढी सहयोग

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०७८, बिहीबार

    दमाैली : तनहुँ समाज हङकङले दुवै मृगौला पीडित तनहुँको व्यास नगरपालिका–९ भोटेनीका मिन बहादुर गुरुङलाई आर्थिक सहयोग गरेको छ । दुवै मृगौला फेल भइ उपचारको क्रममा रहेका गुरुङलाई समाजको तर्फबाट रु दुई लाख ३० हजार ६ सय १२ आर्थिक सहयोग गरिएको हो ।

    उक्त सहयोग समाजका पूर्व अध्यक्ष भिमराज गुरुङ र निवर्तमान अध्यक्ष जङ्गबहादुर थापाले पीडित गुरुङलाई बिहीबार हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै समाजका पूर्व अध्यक्ष गुरुङले सामाजिक काम गर्दै आएको समाजले आफ्नो क्षमताले भेटेसम्म विभिन्न रोगबाट पीडित भई उपचारमा रहेका बिरामीहरुलाई सहयोग गर्ने बताए । निवर्तमान अध्यक्ष थापाले तनहुँ समाज हङकङले जहिले पनि दिनदुखीको दुखमा साथ दिदै आएको बताए ।

    सो अवसरमा तनहुँ तमु समाजका अध्यक्ष सोम बहादुर गुरुङ, सचिव लेख बहादुर गुरुङ लगायतको उपस्थिती रहेको थियो ।