दमाैली : तनहुँको शुक्लागण्डकी नगरपालिका–६ कैडलेस्थित जाम्दीमा सालको काठ सहित बिहीबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवघाट गाउँपालिका स्थायी घर भई हाल शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी बस्ने २५ वर्षीय हेमन्त थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जाम्दीबाट खैरेनीटारतर्फ ट्याक्टरमा काठ लोड गरी ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले थापालाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।
प्रहरीले ग १ त २०१८ नम्बरको ट्याक्टरबाट सानो ठूलो गरी १५ थानको सालको काठ बरामद गरी सव डिभिजन कार्यालय बेलचौतारा पठाइएको छ ।