दमाैली । नेकपा एमाले तनहुँले केन्द्रीय कमिटी र प्रदेश कमिटीमा निर्वाचित तथा मनोनित हुने सदस्यहरुलाई सम्मान गरेको । पार्टी अध्यक्ष केदार सिग्देलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य टुकराज सिग्देल रहेका थिए ।
कार्यक्रममा प्रदेश कमिटीमा मनोनित हुने रामचन्द्र उपाध्याय, हरि पाण्डे, देवीवहादुर वस्नेत, देवु विष्ट, कृष्णराज ढकाल, श्यामराज महत, सुर्य वहादुर गुरुङ्ग(सुरज) धर्मराज खनाल, विश्ववन्धु भण्डारी, उपेन्द्र देवकोटा, ईन्द्र वहादुर कुवँर, राम बहादुर गुरुङ्ग, हर्क गुरुङ्ग, ममिम मिया, उत्तमप्रकाश पण्डित, सिताराम वजगाई, होम थापा, मोहम्मद सफिक मिया, खिलवहादुर राना, उमाकुमारी हमाललाई सम्मान गरिएको छ ।
यस्तै दशौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका टुकराज सिग्देल, भगवती न्यौपाने, सविता रसाईलीलाई सम्मान गरिएको छ । यस्तै महाधिवेशन छनौटका लागि गठित समितिका संयोजक शिवदत्त ढकाल र सदस्य सचिव त्रिभुवन श्रेष्ठ सहित ११ जना सदस्यलाई समेत सम्मान गरिएको छ ।
यसैबीच बिहीबार नै सम्पन्न जिल्ला कमिटी बैठकले जिम्मेवारी थप गर्नुपर्ने नेता तथा कार्यकर्ताको विवरण एक हप्ता भित्र संकलन गर्ने निर्णय समेत गरेको छ । मदन आश्रित स्मृति भवन मर्मत सुधारका लागि अध्यक्ष र सिग्देलको संयोजकत्वमा समिति गठन गरिएको छ ।