दमाैली । तनहुँकाे व्यास नगरपालिका-५ पाटनमा आजदेखि प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटकीय महोत्सव सुरु हुँदैछ । महाेत्सवकाे सम्पूर्ण तयारी पूरा भएकाे आयाेजकले जनाएकाे छ ।
महोत्सवका मुल संयोजक एवं पाटन युवा क्लबका सल्लाहकार पवन चुमी थापा मगरले महोत्सवको तयारी सकिएकाे जानकारी दिए । महाेत्सवकाे श्रम, राेजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले उद्घाटन गर्ने तयारी छ ।
महोत्सव स्थलमा रमाइलो मेला, होटल, अन्य घरेलु, कृषिका स्टलहरु रहनेछन् । महोत्सव स्थलमा व्यास र पराशरको ऐतिहासिक सामग्रीहरु समेत स्टलको रुपमा राखिने आयाेजकले जनाएकाे छ ।
महाेत्सव पुस ३ गतेसम्म संचालन हुनेछ ।