दमौली ।कठ्याङ्गिदो चिसोको याम, त्यसमाथि छानो नै नभएको टहरोमा रात बिताउँदै आएका छन्, धनवल गुरुङ्ग । जिल्लाको म्याग्दे गाँउपालिका-५, झिरुवास तल जामुनेमा गएको असारमा पहिरो गएर घर भत्केपछि उनी छानो विहिन टहरोमा रात बिताउन बाध्य बनेका हुन् ।
भत्किएको टहरो, च्यातिएको गुन्द्रि र केही थान च्यातिएको कपडा सहित धनवल विगत ६ महिनादेखि यहि टहरोमा जोखिमयुक्त जीवनयापन गरिरहेका छन् । उमेरले नेटो काटिसकेको बुढ्यौली शरीर लिएर आफनो केही उपाय नलागेर जोखिययुक्त टहरामा बसेका छन् ।
करिव ७५ वर्ष माथि उमेरका वृद्ध दम्पत्ति त्यही टहरोमा आफना कलिला नानीवावु सहित वस्दै आएको महिनौ भईसक्यो । ४ छोरा र ५ छोरीका वुवाआमा धनवलका ठुलो छोरा ड्राईभर भएता पनि कुन आर्थिक अवस्था कमजोर हुँदा छानोविहिन घरमा बस्न बाध्य छन् । जसोतसो माईलो छोरा आफैले ऋण खोजेर साउदी गएका काँधमा बॉकी २ वटा लालावालाको जिम्मेवारीको भारी बोकेर बसेका छन् उनी ।
सरकारले गरिवका नाममा विभिन्न कार्यक्रम ल्याए पनि धनवलको अवस्था हेर्दा भने सरकार विहिनताको महशुश हुन्छ । पृथ्वी राजमार्गबाट करि ५ किलोमिटर पश्चिम तर्फ रहेको धनवलको अवस्था हेर्दा कसैको पनि मन थामिदैन । केन्द्रीय सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम स्थानीय तहमार्फत संचालन गर्दे आएता पनि त्यो कार्यक्रम सम्वन्धित निकायले कार्यन्वयन नगर्दा धनवल चिसोयाममा च्यातिएको तन्नामा जीवन बिताइरहेका छन् ।
असारमा पहिरो गएर पनि कुनै राहत नपाएका गुरुङ आफ्नो यो दुःख सरकारले नहेरको बताए । खरको छानो भत्किएर घरको नाल र भाटा नै भाँचिएका छन् । किन यस्तो जोखिममा बस्नुहुन्छ भन्ने प्रश्नमा भावुक हुँदै धनवलले भने, ‘आफनो भनेको यहि हो, कहाँ जाने ?’ वृद्ध श्रीमतीका साथमा बस्दै आएका धनवलले हालसम्म कसैवाट पनि केही सहयोग नपाएको गुनासो गरे ।
सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत तत्काल खरको, अथवा कच्ची छानो हटाएर ५० हजार बराबरको जस्ताको छानो छाउने कार्यक्रम सरकारले लागु गरेता पनि स्थानीय सरकार भने मुकर्दशक वनेको छ । प्रदेश सरकार अन्तरगत रहेको नागरिक आवास कार्यक्रम अन्र्तगत घरविहिन, छानोविहिन, जोखिमयुक्त र पहिरोपिडितका लागि बनेको कार्यक्रम पनि धनवलका लागि अनविज्ञ छ ।
यस विषयमा म्याग्दे गाँउपालिका वडा नं ५ का वडाध्यक्ष शिव वहादुर आलेसँग प्रतिक्रिया लिँदा घरमा पहिरोले भत्केर जोखिमयुक्त भईसकेपछि सुरक्षित स्थानमा सर्ने काम सम्वन्धित व्यक्तिको नै भएको बताए । ‘वडाध्यक्ष आफैले घर खोजेर राख्ने होईन, त्यो त सम्वन्धित व्यक्तिले गर्ने कुरा हो,’उनले भने।