दमाैली । पूर्वमन्त्री शङ्कर भण्डारीले नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका बमोजिम भण्डारीले खुल्लातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् ।
हाल केन्द्रीय सदस्य रहेका भण्डारीले पदाधिकारीमा दावा गरेका थिए । पदाधिकारी नपाउने भएपछि उनी पुनः केन्द्रीय सदस्य बन्न सहमत भएका हुन् । भण्डारी काङ्ग्रेस सभापति शेरबहादुर देउवा निकट हुन् ।