दमाैली । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तनहुँका नेताहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा सर्वसम्मत हुन नसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धाबाटै बाहिरिएका छन् ।
तनहुँकै प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् । कृष्णप्रसाद सिटौला निकट उनी शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका छन् ।
काङ्ग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले खुल्लातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । पदाधिकारी दावी गरेका भण्डारीले पदाधिकारी नपाएपछि पुनः केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
केन्द्रीय सदस्य गोविन्द भट्टराईले खुल्लातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । उनी पनि पदाधिकारीको आकाङ्क्षी थिए ।
आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्लेले गण्डकी प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।
गण्डकी प्रदेशका बिना विभागीय मन्त्री डोवाटे विश्वकर्माले दलिततर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अपाङ्गतातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै संविधानसभा सदस्य रामचन्द्र पोखरेल र महिला नेतृ चिनु पोखरेलले पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
तरुण नेता पूर्ण गुरुङले जनजातितर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री आनन्दराज त्रिपाठीले खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले पनि खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।