दमाैली । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) तनहुँको अध्यक्षमा किरण श्रेष्ठ चयन भएका छन् । शनिबार दमौलीमा सम्पन्न चौथो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
अधिवेशनबाट फोनिजको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा ममता गुरुङ, कोषाध्यक्षमा सञ्जय श्रेष्ठ र सदस्यहरुमा मिलन तामाङ, नुक्त भुजेल, एलोज श्रेष्ठ, मोहनराज आले, करुणा थापा मगर र करिश्मा गुरुङ चयन भएका छन् ।
प्रदेश प्रतिनिधिमा प्रताप राना मगर, सुशीला थापा मगर, सुमन श्रेष्ठ, राजकुमार श्रेष्ठ र राजकुमार आले चयन भएका छन् ।