दमाैली । तनहुँको व्यास नगरपालिका–६ बाट तीन किलो चार सय ग्राम गाजा सहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भगवती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीषक शिवराज क्षेत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घरको कोठाभित्र खाटमुनी लुकाएर राखेको अवस्थामा गाजा बरामद गरिएको हो । प्रहरीका अनुसार गाजा बरामद गरी पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको छ ।