भारतमा एकैदिन थपिए ९० हजार बढी कोरोना संक्रमित, ‘ओमोक्रन भेरियन्ट’ बाट पहिलो मृत्यु पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    भारतमा एकैदिन थपिए ९० हजार बढी कोरोना संक्रमित, ‘ओमोक्रन भेरियन्ट’ बाट पहिलो मृत्यु पुष्टि

    खबरपुञ्ज संवाददाता

    २१ पुष २०७८, बिहीबार

    एजेन्सी । भारतमा कोरोना भाइरसको ओमोक्रन भेरियन्टबाट संक्रमित एक व्यक्तिको मृत्यु भएको छ।

    भारतमा पछिल्लो समय डेल्टासँगै ओमोक्रन भेरियन्ट फैलिएपछि संक्रमितको संख्या बढ्दै गएको छ। यसबिच ओमोक्रन भेरियन्ट पुष्टि भएको पहिलो व्यक्तिको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा ७४ वर्षीय पुरुष रहेको जनाइएको छ।

    भारतमा पछिल्लो २४ घण्टामा ३२५ जनाको मृत्यु भएको छ। हालसम्म ४ लाख ८२ हजार ८७६ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

    भारतमा हालसम्म २ हजार ६३० जनामा ओमोक्रन देखिएको छ। २६ राज्यमा यो भेरियन्ट फैलिसकेको छ। जसकारण कयौं राज्यहरुले रात्रिकालीन कर्फ्यू लागू गर्नुका साथै अन्य प्रतिबन्धहरु लागू गरिसकेका छन्।

    यस्तै, पछिल्लो २४ घण्टामा भारतमा ९० हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। डेल्टा भेरियन्टको प्रभाव कम हुँदै संक्रमितको संख्या पनि घटिरहेको अवस्थामा ओमोक्रन भेरियन्ट फैलिए पछि हालसम्मकै सबैभन्दा संक्रमित पहिचान भएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९० हजार ९२८ जनामा संक्रमण देखिएको छ। दैनिक संक्रमण दर ६.४३ पुगेको छ।