काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पृथ्वी जयन्तीमा सार्वजनिक दिनुपर्ने बताएका छन् ।
नेपाल राष्ट्रको निर्माणमा राष्ट्र निर्माता पृथ्वी राष्ट्रको महत्वपूर्ण योगदान रहेको हुँदा शाहको सम्मानका लागि पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने उनले बताए । साथै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सरकारी तवरबाट भव्य रुपमा मनाउनुपर्ने उनको भनाई छ ।
“हामीलाई विशाल नेपाल दिने महानपुरुष पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन के कारण कठिन भएको छ ? राष्ट्रिय एकता दिवस मनाउन हामी किन हिच्किचाउदै छांै ?जसले सबै जातजाति र धर्मका बीचमा एकता कायम गरायो उसैको सम्मान गर्न किन डराएका छांै ?हामीले आज आफैलाई प्रश्न गर्नुपर्ने समय आएको छ ।¨” भण्डारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।