ताराराम श्रेष्ठ पुस्तक व्यवसायीको केन्द्रीय सदस्य निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ताराराम श्रेष्ठ पुस्तक व्यवसायीको केन्द्रीय सदस्य निर्वाचित

    खबरपुञ्ज संवाददाता

    २८ पुष २०७८, बिहीबार

    दमाैली । तनहुँको दमौली निवासी ताराराम श्रेष्ठ पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । महासंघको बिहीबार सम्पन्न छैटौ महाधिवेशनबाट श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

    दमौलीस्थित विद्यार्थी पुस्तकका सञ्चालक श्रेष्ठले निर्वाचित भएलगत्तै पुस्तक व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।