रुम्सी रिङ्गरोडमा पक्की नाली निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    रुम्सी रिङ्गरोडमा पक्की नाली निर्माण

    खबरपुञ्ज संवाददाता

    १ माघ २०७८, आईतवार

    दमाैली । व्यास नगरपालिका वडा नं १४ स्थित रुम्सीको रिङ्ग रोड क्षेत्रमा पक्की नाली निर्माण शुरु भएको छ । व्यास नगरपालिकाको ०७८।०७९ आर्थिक वर्षको विनियोजित बजेटबाट कच्ची सडक क्षेत्रमा पक्की नाला निर्माण शुरु भएको हो ।

    १८० मिटर लम्वाई रहेको उक्त रिङ्गरोड मर्मतका लागि नगरपालिकावाट ७ लाख वजेट विनियोजन भएको व्यास १४ का वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए । क्रक्रिट पंल्मव ६० प्रतिशत र ४० प्रतिशत वोल्टर टाईप को प्रयोग गरि नाली निर्माण गरिएको वडाका सब ईन्जिनियर सुशील खनालले जानकारी दिए ।

    ७ लाख नगरपालिकाको वजेट र स्थानीय जनश्रमदानबाट पक्की नाली निर्माण गर्न लागिएकाे नाली निर्माण समितिका अध्यक्ष कुमार आलेले बताए ।