दमाैली । दश वर्षको अवधिमा तनहुँको जनसङ्ख्या तीन हजारले बढेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक जनगणनाको प्रतिवेदन अनुसार तनहुँको जनसङ्ख्या तीन हजार पाँच सय ७४ ले बढेको हो ।
विसं २०६८ सालको जनगणना अनुसार तनहुँको जनसङ्ख्या तीन लाख २३ हजार दुई सय ८८ रहेकामा २०७८ को जनगणना अनुसार उक्त सङ्ख्या बढेर तीन लाख २६ हजार नौ सय ६२ पुगेको छ ।
सार्वजनिक विवरण अनुसार तनहुँमा पुरुष भन्दा महिलाको सङ्ख्या बढी छ । यहाँ पुरुषको सङ्ख्या एक लाख ५२ तीन सय ४२ छ भने महिलाको सङ्ख्या एक लाख ७४ हजार छ सय २० रहेको छ ।
सार्वजनिक प्रारम्भिक तथ्याङ्क अनुसार जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा जनसङ्ख्या छ भने सबैभन्दा कम देवघाट गाउँपालिका छ । व्यासमा ३७ हजार छ सय ६९ पुरुष र ४३ हजार दुई सय ७५ महिला गरी ८० हजार नौ सय ४४ जनसङ्ख्या रहेको छ भने देवघाटमा सात हजार एक सय १५ पुरुष र सात हजार आठ सय २६ महिला गरी १४ हजार नौ सय ४१ जनसङ्ख्या छ ।
भानु नगरपालिकामा १९ हजार नौ सय ४३ पुरुष र २३ हजार तीन सय १२ महिला गरी ४३ हजार दुई सय ५५, शुक्लागण्डकी नगरपालिकामा २६ हजार २३ पुरुष र २९ हजार सात सय २६ गरी ५५ हजार सात सय ४९, भिमाद नगरपालिकामा १५ हजार एक सय ६६ पुरुष र १७ हजार नौ सय ११ गरी ३३ हजार ७७, घिरिङमा सात हजार १३ पुरुष र आठ हजार २५ महिला गरी १५ हजार ३८, आँबुखैरेनी गाउँपालिकामा १० हजार सात सय ९१ पुरुष र ११ हजार पाँच सय ५८ महिला गरी २२ हजार तीन सय ४९, बन्दीपुर गाउँपालिकामा नौ हजार दुई सय ५१ पुरुष र १० हजार एक सय ५२ महिला गरी १९ हजार चार सय तीन, म्याग्दे गाउँपालिकामा १० हजार सात सय ८१ पुरुष र १२ हजार छ सय चार महिला गरी २३ हजार तीन सय ८५ र ऋषिङ गाउँपालिकामा आठ हजार पाँच सय ९० पुरुष र १० हजार दुई सय ३१ महिला गरी १८ हजार आठ सय २१ पुगेका छन् ।
सर्वाधिकार सुरक्षित नोट : यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।