दुलेगाैडा । युथ काङ्ग्रेस नेपाल शुक्लागण्डकीको संयोजकमा नविन घिमिरे चयन भएका छन् । युथ काङ्ग्रेस तनहुँले शुक्लागण्डकीको संयोजकको जिम्मेवारी घिमिरेलाई दिएको हो ।
युथ काङ्ग्रेस तनहुँका संयोजक राजेशकुमार श्रेष्ठको नेतृत्वमा शुक्लागण्डकी युथ काङ्ग्रेस गठन गरिएको हो ।
युथ काङ्ग्रेस नेपाली काङ्ग्रेसलाई थप सशक्त बनाउन, युवाहरुको आयआर्जन वृद्धि गर्न, देशमा आत्मसन्तुष्टि हुने विकास गराउन विभिन्न योजना लिएर अगाडी बढिरहेको छ । नेपाली काङ्ग्रेसलाई र जनतालाई दुःख पर्दा सभा र सडकमा सधै आवाज बुलन्द पार्ने संस्थाको रुपमा चिनिएको युथ काङ्ग्रेस ३५ भन्दा बढी जिल्लामा सक्रिय छ ।
घोषणा कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठले युथ काङ्ग्रेसको हरेक काममा पार्टीको साथ रहने बताए । नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर २ का सभापति चुडामणि खनालले युथ काङ्ग्रेसले वैचारिक युवालाई काङ्ग्रेसमा आकर्षित गराएको बताए ।