दुलेगौडा । नेकपा एमालेको वर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज शुक्लागण्डकी नगरपालिका –२ मा वडा कमिटी गठन गरिएको छ । आईतबार एक्लेखेतमा आयोजना गरिएको भेला मार्फत कुमार विकको अध्यक्षमा २१ सदस्यीय मुक्ति समाज गठन गरिएको हो । समाजको उपाध्यक्षमा रेखा परियार, सचिवमा समिक्षा विक, सह सचिवमा विकास विक र केशबहादुर परियार चयन भएका छन् ।
यस्तै सदस्यहरुमा विमल वि.क, सरस्वती परियार, सन्दिप वि.क.विनोद वि.क., सुरक्षा वि.क., सुरेश विक.सागर विक. आषिश विक, पुजा वि.क. माया परियार, विकास सुनार, रामचन्द्र परियार लगायत रहेका छन् ।
समाज गठनका लागि एक्लेखेत पुगेकी नेकपा एमालेकी केन्द्रिय सदस्य सविता रसाईलीले महिला र दलित समुदायका अधिकार स्थापित गर्न एमाले पार्टीले योगदान दिएको दावि गरिन् । उनले आफुलाई स्थानीय तहको उपमयेर बन्ने अवशर एमालेले प्रदान गरेर समग्र महिला तथा दलित वर्गलाई न्याय गरेको समेत जिकिर गरिन् । उनले समुदायको परिवर्तनका लागि एमालेमा समाहित भएकाअघि बढ्न समेत आग्रह गरिन् ।
भेलामा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तिर्थराज खनाल, मुक्ति समाज शुक्लागण्डकी नगरकी ईञ्चार्ज सिता विक, एमाले शुक्लागण्डकी २ का ईञ्चार्ज धर्मराज तिमिल्सिना, शुक्लागण्डकी नगरपालिकाका कार्यपालिका सदस्य भरत लामगादे, मुक्ति समाज शुक्लागण्डकीका अध्यक्ष दुर्गाबहादुर विक लगायतका वक्ताहरुले दलिय समुदायका अधिकार स्थापितका लागि संविधानमा गरिएको व्यवस्थालाई ब्यवहारमा लागु गर्नेुपर्नेमा जोड दिए ।