पीएसजी भर्सेस रियल मड्रिड: मेस्सी पेनाल्टीमा चुके, एम्बाप्पेले गरे निर्णायक गोल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पीएसजी भर्सेस रियल मड्रिड: मेस्सी पेनाल्टीमा चुके, एम्बाप्पेले गरे निर्णायक गोल

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७८, बुधबार

    एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले स्पेनिस क्लब रियल मड्रिडलाई हराएको छ। पार्क डेस प्रिन्सेस स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली पीएसजीले मड्रिडमाथि १-० गोलअन्तरको जित निकालेको हो।

    खेलमा राम्रो पकड बनाएको पीएसजी फिनिसिङमा चुकेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा पीएसजीले पेनाल्टीको अवसर पाएको थियो। रियल मड्रिडका ड्यानि काभार्जलले पीएसजीका किलियन एम्बाप्पेमाथि खराब ट्याकल गरेपछि ६२ औं मिनेटमा पीएसजीले पेनाल्टीको अवसर पाएको थियो। तर, लियोनल मेस्सीको प्रहार रियल मड्रिडका गोलकिपर थिबउट कर्टिओसले बचाइदिए। पीएसजीको जितमा निर्णायक गोल किलियन एम्बाप्पेले गरे। एन्जेल डी मारियाको स्थानमा ७३ औं मिनेटमा मैदान प्रवेश गरेका नेइमारको पासमा एम्बाप्पेले इन्ज्युरी समयमा गोल गरे।

    यी दुई टोलीबीच दोस्रो लेगको खेल मार्च १० मा सान्टिआगो बर्नेबेउमा हुनेछ।