मिर्गौला पीडित पण्डितलाई कास्कीका कर्मचारीबाट दुई लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मिर्गौला पीडित पण्डितलाई कास्कीका कर्मचारीबाट दुई लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    १३ फाल्गुन २०७८, शनिबार

    दमाैली । नेपाल निजामति कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य मिर्गौला पीडित रामचन्द्र पण्डितलाई कास्कीका कर्मचारीका तर्फबाट करिब दुई लाख सहयोग गरिएको छ ।

    दमौली निवासी पण्डितलाई निजामति कर्मचारी सङ्गठन कास्कीले रु एक लाख ९५ हजार सहयोग गरेको हो । सङ्गठनको ११ औं जिल्ला अधिवेशनका अवसरमा उक्त रकम पण्डितलाई हस्तान्तरण गरिएको छ । कास्कीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीबाट सङ्कलन गरिएको रकम पण्डितको उपचारमा सहयोग पु¥याउन हस्तान्तरण गरिएको निजामति कर्मचारी सङ्गठन तनहुँका अध्यक्ष रुद्र ठकुरीले जानकारी दिए ।

    पण्डितलाई शुक्रबार मात्रै निजामति कर्मचारी सङ्गठन तनहुँले पनि रु ५० हजार आठ सय ४५ सहयोग गरेको थियो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका अधिकृत पण्डितको केही समय अगाडी स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको पत्ता लागेको थियो । निजामती कर्मचारी सङ्गठनले पण्डितको उपचारमा सहयोग गर्न सबैसँग अपिल गरेको छ ।

    कलकत्तास्थित अस्पतालमा पण्डितको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको र आर्थिक स्रोत अभाव भएपछि सबैसँग सहयोगको अपिल गरिएको ठकुरीले जानकारी दिए । सहयोगका लागि निजामती कर्मचारी सङ्गठन तनहुँको नाममा राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नम्बर ३५२०१०००००४६३००१ वा माछापुच्छ«े बैङ्कमा रामचन्द्र पण्डितको नाममा रहेको खाता नम्बर १२३६५२४१११३३९०११ मा रकम जम्मा गर्न सकिनेछ ।