पल शाहको पक्षमा प्रहरी कार्यालय अगाडी प्रदर्शन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    पल शाहको पक्षमा प्रहरी कार्यालय अगाडी प्रदर्शन

    खबरपुञ्ज संवाददाता

    १५ फाल्गुन २०७८, सोमबार

    दमाैली । जबरजस्ती करणी अभियोगमा अनुसन्धानका लागि थुनामा रहेका नायक पल शाहको पक्षमा दमौलीका केही व्यक्तिले प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका छन् । पल शाह निर्दोष रहेको र उनलाई फसाउन खोजिएको भन्दै दमौलीका केही युवायुवती र महिलाहरुले प्रहरी कार्यालय अगाडी पम्लेट प्रदर्शन गरेका छन् ।

    १७ वर्षीया नाबालिकाले जबरजस्ती करणीको अभियोगमा जाहेरी दिएपछि आइतबार नायक शाह स्वयं प्रहरीमा उपस्थित भएका थिए । आइतबार नै प्रहरीले अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

    प्रहरीको अनुसन्धान प्रक्रियालाई नै प्रभावित पार्ने गरी आइतबारदेखि नै प्रहरी कार्यालय अगाडी भीड जम्मा गरेर प्रदर्शन गरिएको छ । उक्त भीडको फाइदा काठमाडौ लगायतका ठाउँबाट आएका युट्युटवरले उठाएका छन् ।

    प्रहरी कार्यालय अगाडी भीड जम्मा भएर प्रदर्शन गरिरहँदा प्रहरी भने मुखदर्शक बनेको छ ।