पीडित किशोरीको पक्षमा ऋचा : भनिन्- नाबालिगको संरक्षण गर्नु कानुनको सम्मान हो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पीडित किशोरीको पक्षमा ऋचा : भनिन्- नाबालिगको संरक्षण गर्नु कानुनको सम्मान हो

    खबरपुञ्ज संवाददाता

    १६ फाल्गुन २०७८, मंगलवार

    काठमाडाै । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि अभिनेता पल शाह न्यायिक हिरासतमा छन् । उनी तनहुँ प्रहरीको न्यायिक हिरासतमा छन् । तर, पीडित नाबालिग नायिकाको पक्षमा अभिनेत्रीहरू बोल्न थालेका छन् । 

    आरोपी शाहको पक्षमा समूहगत आवाज उठिरहँदा अभिनेत्रीहरू पीडितको पक्षमा उभिएका हुन् । मंगलबार अभिनेत्री रेखा थापापछि अर्की अभिनेत्री ऋचा शर्माले पनि पीडित बालिकाको समर्थनमा पक्षमा उभिएकी छन् । उनले नाबालिगको संरक्षण गर्नु कानुनको सम्मान रहेको बताएकी छन् । 

    ‘मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले । नाबालिगको संरक्षण, कानुनको सम्मान हो,’ ऋचाले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेकी छन् ।