रुस-युक्रेन युद्धमा कति सैनिक मारिए ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    रुस-युक्रेन युद्धमा कति सैनिक मारिए ?

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०७८, बिहीबार

    एजेन्सी । रुस र युक्रेनबीच युद्धको आज आठौं दिन । युद्धले जनधनको ठूलो क्षति भएको खुलेको छ ।

    रुसी हालैमात्र सार्वजनिक गरेको रिपोर्टमा ५०० सैनिक मारिएको उल्लेख छ । १६ सय घाइते भएको जनाइएको छ ।

    युक्रेनले भने ७ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । तर, उसले आफ्ना तर्फबाट भएको क्षति खुलाएको छैन । उसले २ हजार सर्वसाधारण मारिएको उल्लेख गरेको छ ।

    रुसले युक्रेनका २८ सय भन्दा बढी सैनिक मारिएको दाबी गरेको छ ।

    रुसी हमलाबाट युक्रेनका अधिकांश सैनिक अखडा, विमानस्थल, सरकारी भवनहरु क्षतिग्रस्त भएका छन् ।-