आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग, नियन्न्रणमा सघाउने सबैलाई धन्यवाद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग, नियन्न्रणमा सघाउने सबैलाई धन्यवाद

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०७८, आईतवार

    दमाैली । तनहुँ उद्योग वाणिज्य सङ्घले व्यास नगरपालिका–४ स्थित मुख्यचोकमा आज बिहान भएको आगलागीमा पीडित भएकालाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको छ । भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भिषण आगलागी भई ठूलो क्षति हुनुका साथै आसपास रहेका व्यवसायी तथा वरपरका स्थानीयवासीको घरमा क्षति भएकाले पीडितलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरिएको हो ।

    सङ्घको आज बसेको आकस्मिक बैठकले तनहुुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाई सभापति एवं भूपाल हार्डवेयरसका सञ्चालक भूपाल आले र तनहुँ उद्योग वाणिज्य सङ्घका सदस्य एवं ज्योति जनरल सप्लायर्सका सञ्चालक रमेशमकुमार श्रेष्ठ लगायत पीडित सम्पूर्ण व्यवसायीप्रति सहानुभूति प्रकट गरेको छ ।

    भिषण आगलागीलाई नियन्त्रणमा लिन सहयोग गर्ने सबैमा हार्दिक कृतज्ञता प्रकट गर्दै विषम क्षतिको मूल्याङ्कन गरी शीघ्र क्षतिपूर्तिका लागि सरकार लगायत सम्बन्धित निकायसँग अनुरोध गरिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

    यसैगरी गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयले पनि घटनाप्रति दुःख व्यक्त गर्दै आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले आइतबार विज्ञप्ती जारी गरी विपद्को घटनाबाट थप क्षति हुन नदिन आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याएकामा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, स्थानीय तह लगायत सबैमा आभार व्यक्त गरेका छन् ।

    यसैगरी व्यास नगरपालिकाले पनि घटनाप्रति दुःख व्यक्त गर्दै आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ । नगरपालिकाले आगलागी मौसमलाई समेत ख्याल गरी प्रज्ज्वनशील पदार्थलाई आवास क्षेत्रबाट अलग राख्न सम्बन्धित सबैमा अनुरोध गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।