पल शाहलाई नवलपुर प्रहरीमा उपस्थित गराउन तनहुँलाई परिपत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पल शाहलाई नवलपुर प्रहरीमा उपस्थित गराउन तनहुँलाई परिपत्र

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७८, सोमबार

    दमौली । जबरजस्ती करणीको अभियोगमा अनुसन्धानका लागि तनहुँ प्रहरीको थुनामा रहेका नायक पल शाहलाई नवलपुरमा उपस्थित गराउन परिपत्र भएको छ । नवलपुर प्रहरीमा पनि शाह विरुद्ध जाहेरी परेपछि तनहुँ प्रहरीलाई परिपत्र गर्दै नवलपुरमा उपस्थित गराउन परिपत्र भएको हो ।

    नवलपुरमा शाह विरुद्ध बयान लिने तयारी छ । शाहलाई तनहुँ अदालतले आइतबार थप १२ दिन थुनामा राख्न आदेश दिएको छ। १७ वर्षीया गायिकाले शाह विरुद्ध जबरजस्ती करणीको अभियोगमा प्रहरीमा जाहेरी दिएकी थिइन् । शाहले फागुन १५ गते आत्मसमपर्ण गरेका थिए ।