नेपाली दर्शकलाई प्रभासको सन्देश : ‘राधे श्याम’लाई माया गरिदिनुहोला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    नेपाली दर्शकलाई प्रभासको सन्देश : ‘राधे श्याम’लाई माया गरिदिनुहोला

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०७८, बिहीबार

     काठमाडौं । साउथ सुपरस्टार प्रभास अभिनित फिल्म ‘राधे श्याम’ शुक्रबारबाट नेपालमा पनि प्रदर्शन हुँदैछ । यो फिल्ममा प्रभासले पूजा हेग्डेसँग अनस्क्रिन रोमान्स गरेका छन् ।

    बुधबार एक भिडियो सन्देश जारी गर्दै प्रभासले नेपाली प्रशंसकलाई सम्बोधन गरेका छन् । फिल्म हेरेर आफूलाई माया गरिदिन उनले नेपाली दर्शकलाई आग्रह गरेका छन् । ‘नमस्ते नेपाल । मेरो फिल्म राधेश्याम ११ मार्चमा नेपालका फिल्म हलहरुमा रिलिज हुँदैछ । हेरेर माया गरिदिनुहोला,’ भिडिओमा प्रभासले भनेका छन् । राधाकृष्ण कुमारले निर्देशन गरेको यो फिल्म तेलुगू र हिन्दी भाषामा निर्माण गरिएको छ ।

    सन् १९७० दशकको युरोपको सेटिङमा बनेको यो रोमान्टिक फिल्म नेपालमा पनि प्रतिक्षित छ । ‘बाहुबली’को प्रदर्शनयता नेपालमा प्रभासको फ्यान फलोइङ पनि उच्च छ ।

    ‘बाहुबली’का दुवै सिक्वेल र ‘साहो’ले नेपाली बक्स अफिसमा राम्रो कमाइ गरेका थिए । प्रभासका ‘आदिपुरुष’, ‘सलार’ र ‘प्रोजेक्ट के’ रिलिजको तयारीमा रहेका फिल्म हुन् ।