दमौली । क्षमताभन्दा बढी यात्रु राखेर बस सञ्चालन भइरहेपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ मुकदर्शक बनेको छ । प्रहरीकै अगाडीबाट क्षमताभन्दा बढी यात्रु राखेर बस चलाइएपनि प्रहरीले ऑखा चिम्लिदा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
भोर्लेटारचोकबाट गुडेको एक बसमा सिट नपाउनुका साथै भित्रसमेत उभिने ठाउँ नभएर यात्रु ढोकामा झुण्डिएर यात्रा गर्न बाध्य छन् । क्षमताभन्दा बढी यात्रु राख्नु र ढोकामा झुण्डिएर यात्रा गर्दा दुर्घटनाको अत्याधिक जोखिम भएपनि ट्राफिक प्रहरी कार्यालयले भने त्यस्ता सवारीको चेकजॉचमा ध्यान नदिएको स्थानीयवासीको गुनासो छ ।
व्यास-४ व्यासमार्ग हुँदै कलेस्ती तर्फ जाने बसमा दैनिकजसो क्षमताभन्दा बढी यात्रु राखेर सवारी सञ्चालन हुने गरेको बताइएको छ ।