दमाैली । व्यास नगरपालिका–५ स्थित पाटनमा चैत १८ गतेदेखि प्रथम पाटन सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । पाटन युवा क्लवले सेभेन ए साइड फुटबल प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार नगद प्रदान गरिने क्लवका अमर थापा मगरले जानकारी दिए । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई जनही दुई हजार नगद प्रदान गरिनेछ ।