गठबन्धनलाई बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता : प्रधानमन्त्री देउवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गठबन्धनलाई बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता : प्रधानमन्त्री देउवा

    खबरपुञ्ज संवाददाता

    ९ चैत्र २०७८, बिहीबार

    दमाैली ।प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । नेपाली काङ्ग्रेस तनहुँ जिल्ला समितिले बिहीबार पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको उल्लेख गरे ।

    प्रधानमन्त्री देउवाले लोकतन्त्र र प्रजातन्त्र बचाउनका लागि गठबन्धनका दलको योगदान रहेको उल्लेख गर्र्दै भने, “स्थानीय चुनावमा मात्र नभई प्रतिनिधि र प्रदेशसभाको निर्वाचनसम्म गठबन्धनलाई लैजानुपर्छ । उहाँहरुलाई पनि उचित स्थान दिनुपर्छ ।”प्रधानमन्त्री देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन एकढिक्का भएर लाग्न आग्रह गरे ।

    तनहुँ आदिकवि भानुभक्तको जिल्ला भएकाले यसको छुट्टै महत्व रहेको बताउँदै काङ्ग्रेसका लागि पनि तनहुँ उर्वरभूमि रहेको उल्लेख गरे ।

    नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको आन्दोलनमा तनहुँको भूमिका सदैव उच्च रहेको उल्लेख गरे । उनले सबै निर्वाचनमा तनहुँमा काङ्ग्रेसले जित्नुपर्ने धारणा राख्नुभयो ।