पोखरा । नेपाल मौरीपालक महासंघ गण्डकी प्रदेशमा तनहुँका तीन मौरीपालक कृषक चयन भएका छन् । पोखरामा सम्पन्न दोस्रो अघिवेशनबाट तनहुँका तीन जना कोषाध्यक्ष सहित सदस्य पदमा निर्वाचित भएका हुन् ।
कोषाध्यक्षमा शुक्लागण्डकी दगामका नन्दबहादुर थापा, सदस्यमा थप्रेकका सुरज वाग्ले र सदस्यमा सोमबहादुर पुलामी मगर चयन भएका छन् ।
महासंघको अध्यक्षमा नवलपुरका चण्डिकाप्रसाद लामिछाने चयन भएका छन्।