दमौली । बिहीबार सॉझ ७ बजेबाट कन्सर्टको तयारी थियो । ७ बजे नै सर्वसाधारण विपी वनवाटिकामा छिरे । भीड बढ्दै गयो, समय पनि घर्किदै । चर्चित पपस्टार सविन राईको पर्खाईमा बसेका सर्वसाधारण कत्ति पनि थकित भएनन्। निर्धारित समयभन्दा ढिला गरी ९ बजे मञ्चमा जब सविन राई देखा परे दर्शकको हुटिङ सुरु भयो, अनि सुरु भयो साङ्गितिक माहोल ।
म संसार जित्ने ऑट गर्दैछुबाट प्रस्तुती सुरु गरेका राईले मेरी मायालु, मलाई अंगालीदेउ, सुन्दरताको तिमी, गुरॉसको फेदमुनि, सम्झिन्छु अझै, तिमी नै भनन लगायतका चर्चित गीत प्रस्तुत गरे । उनका हरेक गीतमा दर्शकको साथ उत्तिकै रह्यो । राईसँगै दर्शकले पनि गीत गाउँदै नाचेर साथ दिए।
तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा दमौलीमा जारी तनहुँ महोत्सवको आठौ दिन कन्सर्टले दर्शकलाई भरपुर मनोरञ्जन दिएको सङ्घका द्वितीय उपाध्यक्ष एवं कलाकार समन्वय समितिका संयोजक कुमार मल्लले बताए । ‘कोभिडका कारण जिल्लामा कन्सर्ट हुन सकेको थिएन, कोभिड न्यूनीकरणसँगै आयोजित महोत्सवले दर्शकको माग पूरा गरेको छ,’ उनले भने ।
सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले सर्वसाधारणको उल्लेख्य उपस्थितिले हौसला मिलेको बताए ।