आगलागी पीडितलाई राहतकाे माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आगलागी पीडितलाई राहतकाे माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

    खबरपुञ्ज संवाददाता

    २० चैत्र २०७८, सोमबार

    दमाैली । तनहुँ उद्योग वाणिज्य सङ्घले गत फागुन २२ गते दमौलीमा भएको आगलागीबाट पीडितलाई उचित क्षतिपूर्ति प्रदान गर्न गृहमन्त्री बालकृष्ण खाँणसँग माग गरेको छ । व्यास नगरपालिका–४ मा आगलागीबाट पीडित भएका व्यवसायी एवं सर्वसाधारणलाई सरकारको तर्फबाट राहत प्रदान गर्नका लागि सङ्घले मन्त्री खाँणलाई साेमबार ज्ञापनपत्र बुझाएको हो ।

    सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले आठौँ तनहुँ महोत्सवको समापन समारोहमा आउनुभएका मन्त्री खाँणलाई उक्त मागसहितको ज्ञापनपत्र बुझाएका छन् । आगलागीबाट व्यवसायीको करोडौँ क्षति भएकाले सरकारको तर्फबाट उचित क्षतिपूर्तिको आस गरिएको सङ्घका अध्यक्ष श्रेष्ठले बताए । “क्षतिको मूल्याङ्कनसहित राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छौँ, सरकारबाट यथोचित निर्णय हुनेमा विश्वस्त छौँ”, श्रेष्ठले भने ।

    गृहमन्त्री खाँणले आगलागीबाट पीडित भएकालाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “जति क्षति भयो त्यति नै राहत दिन सरकारले सक्दैन, तर केही न केही सहयोग पक्कै गर्छौँ ।”

    आगलागीबाट भूपाल हार्डवेयर, ज्योति सप्लायर्सका साथै बलराम राना, होमबहादुर गुरुङ, राममाया गुरुङ, लालबहादुर गुरुङ, चन्द्रमाया विक, दिपक श्रेष्ठको घरमा क्षति पुगेको थियो । –––