


दमाैली । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काङ्ग्रेस तनहुँले वडाध्यक्ष र वडा सदस्यका आकाङ्क्षीको नामावली सङ्कलन थालेको छ । काङ्ग्रेसका प्रत्येक वडा समितिले वडाध्यक्ष र वडासदस्यको नामावली सङ्कलन थालेको हो ।
काङ्ग्रेसको विधान बमोजिम प्रत्येक वडा समितिबाट अध्यक्षमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ । तर वडाध्यक्षका लागि धेरै आकाङ्क्षी देखिएका छन् ।
व्यास नगरपालिका–१ को वडाध्यक्षमा दिलबहादुर दरै, मणिजङ बस्नेत, रमेशचन्द्र हड्खले, केशबहादुर सुनार, चीजबहादुर दरै्र, चुडामणि दाहाल र अर्जुन गिरीले वडाध्यक्षका लागि आवेदन दिएका छन् ।
व्यास–२ को वडाध्यक्षमा दीर्घबहादुर थापा क्षेत्री, तिलबहादुर थापा मगर, काशीराम श्रेष्ठ, टुकबहादुर हमाल, वैकुण्ठनाथ मिश्र, सुरेश पुरी, सूर्यभक्त अधिकारी, कल्पना पोख्रेल, लालबहादुर थापा, सुकनारायण मल्ल, राजकुमार श्रेष्ठ (राकु), पविन्द्र भट्टराई, सुरेश वाग्ले, जुनराज श्रेष्ठ, क्या. सूर्यकुमार मल्ल, सूर्यनाथ खनाल, कृष्णहरि गैह्रे, नोमा थापा, विष्णुकुमार मल्ल, भगवती श्रेष्ठ, चिरौकाजी बतासले आवेदन दिएका छन् ।
व्यास–३ को वडाध्यक्षमा सुरेश श्रेष्ठ, लक्ष्मण मल्ल, माया सोती, प्रेमकुमार श्रेष्ठ, रविन पौडेल, प्रदीप काफ्ले, अनुप राना, सुदीप काफ्ले, बाबुराम बगाले, पविन्द्रकुमार श्रेष्ठ, नन्दबहादुर थापा मगर र ओमबहादुर थापाले आवेदन दिएका छन् ।
व्यास–४ को वडाध्यक्षमा सरोज भण्डारी, इन्द्रबहादुर दरै, विश्व सुवेदी, सुशीला शर्मा, गौकुमारी न्यौपाने, देवबहादुर गुरुङ, माधव अधिकारी, टिकाराम सापकोटा, मिनबहादुर गुरुङ, भुवन दरै, सङ्गित घिमिरे र नगेन्द्र पौडेलको आवेदन दिएका छन् ।
व्यास–५ को वडाध्यक्षमा मोहनकुमार श्रेष्ठ, हिरा थापा, सुरबहादुर थापा, भिमकुमार श्रेष्ठ, यज्ञ खनाल, दिपेन्द्र खनाल, बलभद्र खनाल, कृष्णदेवी खनाल, किशोरराज खनाल, विश्वराज खनाल, पुरुषोत्तम पण्डित र सुन्दर वाग्लेले आवेदन दिएका छन् ।
व्यास–६ को वडाध्यक्षमा मोहन भण्डारी, सूर्यभक्त भण्डारी, अम्बिकाप्रसाद पण्डित, भानुभक्त पण्डित, पूर्णबहादुर श्रेष्ठ, ढालप्रसाद घिमिरे, सन्जिव पटेनीभाट, जीवन गुरुङ, अजर नागिला र भूपराज अधिकारीले आवेदन दिएका छन् ।
व्यास–७ को वडाध्यक्षमा शतिशचन्द्र न्यौपाने, सिकन्दर गुरुङ, रमेशचन्द्र वाग्ले, रोशन परियार, युवराज गुरुङ, अप्सरा क्षेत्री, रामचन्द्र आचार्य, कुलदीप कुमार बानियाँ, मोतीलाल श्रेष्ठले आवेदन दिएका छन् ।
व्यास–८ को वडाध्यक्षमा युवराज गुरुङ, एकबहादुर गुरुङ, भविश्वर गुरुङ, धनप्रसाद गुरुङ, ओजराज पौडेल, रामप्रसाद मिश्र, हरिप्रसाद मिश्र, राजु गुरुङ, रामकृष्ण पौडेल, पारस बगाले, सुदीप पौडेल, चन्द्रमाया परियार, अमर सोती र प्रदीप आचार्यले आवेदन दिएका छन् ।
व्यास–९ को वडाध्यक्षमा सुरेश थापा, ज्योति थापा, शम्भु श्रेष्ठ, नारायणदत्त पौडेल, नारायणप्रसाद न्यौपाने, नरबहादुर गुरुङ, यामु गुरुङ, अमृत थापा, अमृत भुजेल, व्यास–१० को वडाध्यक्षमा इश्वर पौडेल, तुलसीराम पौडेल, खेमराज पोखरेल, खड्कबहादुर अधिकारी, अमरबहादुर कुंवर, यज्ञप्रसाद शर्मा, दयाराम शर्मा, बलबहादुर शाही, सुनिल रिजाल, विकास रिजाल, ऋषिराम ढुङ्गाना, रवि मिश्र, प्रेम मिश्र र माया रानाले आवेदन दिएका छन् ।
व्यास–११ को वडाध्यक्षमा कृष्ण रुचाल, राजु खड्का, भरतराज नहर्की, विकासचन्द्र भट्टराई, देवबहादुर थापा, दलबहादुर दुरा, शोभा बढु अधिकारी, हेरम्बजङ्ग अधिकारी, रामशरण अधिकारी, नीरबहादुर खड्का, थमबहादुर दरै, सीता खनाल, बलबहादुर पोखरेल, राजेन्द्र जिसी, कृष्णप्रसाद खनाल, राजु हड्खले, पशुपति अधिकारीले आवेदन दिएका छन् ।
व्यास–१२ को वडाध्यक्षमा श्यामकृष्ण लोहनी, पदमराज लोहनी, बमबहादुर आले, सान्नानी पाण्डे, होमबहादुर थापा मगर, शोभाष कैनी, तोत्रबहादुर कुंवर, तुलक कैनी, नविन थापा, बेदनाथ कैनी, यामबहादुर थापा, रामजीप्रसाद तिमिल्सिनाले आवेदन दिएका छन् ।
व्यास–१३ को वडाध्यक्षमा गोविन्द गिरी, रेशम विक, एकराज तिवारी, बसन्त आले, अशोकराज पन्थ, दयानिधी नराल, माधव पन्थ, सिर्जना तिवारी, मधुमाया विक, लक्ष्मीकान्त मिश्र, हरिचन्द्र पन्थ, इश्वरराज पन्थ र भरत पन्थले आवेदन दिएका छन् ।
व्यास–१४ को वडाध्यक्षमा काजिमान श्रेष्ठ र युवराज आलेले मात्रै आकाङ्क्षा देखाएका छन् ।