स्वर्गीय श्रेष्ठको स्मृतिमा जनज्योतिमा अक्षयकोष
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    स्वर्गीय श्रेष्ठको स्मृतिमा जनज्योतिमा अक्षयकोष

    खबरपुञ्ज संवाददाता

    २२ चैत्र २०७८, बुधबार

    भिमाद । भिमाद नगरपालिकास्थित जनज्योति माध्यमिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ । भिमाद नगरपालिका- ६ निवासी स्वर्गीय कृष्ण कुमार श्रेष्ठको स्मृतिमा अक्षयकोष स्थापना गरिएको हो ।

    स्वर्गीय श्रेष्ठको नाममा ७५ हजार रुपैयाँको गरिव तथा जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापना गरिएको स्वर्गीय श्रेष्ठकी छोरी व्यास नगरपालिका-३ निवासी सरिता श्रेष्ठले बताइन् । अक्षयकोष स्थापना कार्यक्रममा स्वर्गीय श्रेष्ठकी धर्मपत्नी विश्वशान्ति श्रेष्ठ, छोरा सरोज कुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो। श्रेष्ठ सोही विद्यालयका पूर्व अध्यक्ष समेत रहेका थिए ।

    सोही अवसरमा विद्यालयका १५ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक एवं शैक्षिक सामग्री प्रदान गरिएको बताइएको छ । सो कार्यक्रममा बोल्दै भिमाद नगरपालिकका प्रमुख मेखबहादुर थापाले स्वर्गीय श्रेष्ठ शिक्षाप्रेमी व्यक्ति भएको बताए । उनले स्वर्गीय श्रेष्ठले भिमाद नगर क्षेत्रमा पुर्याएको सामाजिक, राजनीतिक एवं शैक्षिक योगदानलाई भिमाद नगरपालिककाले सदैव स्मरण गरिरहने बताए ।