माओवादीद्वारा म्याग्दे अध्यक्षमा दिलीपकुमार र उपाध्यक्षमा अधिकारी सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    माओवादीद्वारा म्याग्दे अध्यक्षमा दिलीपकुमार र उपाध्यक्षमा अधिकारी सिफारिस

    खबरपुञ्ज संवाददाता

    २४ चैत्र २०७८, शुक्रबार

    म्याग्दे । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा माओवादी म्याग्दे कमिटीले उम्मेदवार सिफारिस गरेको छ। माओवादीले अध्यक्ष, उपाध्यक्ष र सबै वडा कमिटीमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो।

    गाउँपालिकाको अध्यक्षमा दिलीपकुमार श्रेष्ठ र उपाध्यक्षमा जमुना अधिकारी सिफारिस भएका छन् ।

    यस्तै वडा नम्बर १ मा टेकबहादुर रसाइली, २ मा तिलक थापा, ३ मा शोभाकर दाहाल, ४ मा राजु राना, ५ मा विशाल विक, ६ मा प्रकाश भण्डारी र ७ मा बालकृष्ण श्रेष्ठ सिफारिस भएका छन् ।