आचारसंहिता लाग्नु अघि नै तनहुँका सबै इप्रकाका प्रहरी निरीक्षकको सरुवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आचारसंहिता लाग्नु अघि नै तनहुँका सबै इप्रकाका प्रहरी निरीक्षकको सरुवा

    खबरपुञ्ज संवाददाता

    २५ चैत्र २०७८, शनिबार

    दमौली । तनहुँका सबै इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकको सरुवा भएको छ । निर्वाचन नजिकिदै गर्दा प्रहरी प्रधान कार्यालयले तनहुँका प्रहरी निरीक्षकको सरुवा गरेको हो ।

    शनिबारदेखि आचारसंहिता लाग्ने भएकाले दुई दिन अगाडी नै सरुवा निकालिएको छ।

    इलाका प्रहरी कार्यालय बेलचौताराका ज्ञानबहादुर खड्काको जिल्ला प्रहरी कार्यालय कास्की सरुवा भएको छ। बेलचौतरामा इप्रका गजुरीबाट भोजराज पाण्डे आउने भएका छन् ।

    इप्रका भानुका प्रहरी निरीक्षक प्रकाश भुषालको जिल्ला प्रहरी कार्यालय रोल्पा सरुवा भएको छ। बन्दीपुरका प्रहरी निरीक्षक विकास अधिकारीको जिप्रका नवलपुर सरुवा भएको छ।

    जिप्रका तनहुँका कुमार गुरङको इप्रका भण्डारा चितवन सरुवा भएको छ । गण्डकी प्रदेश ट्राफिकबाट राजकुमार विक जिप्रका तनहुँ आउने भएका छन् ।

    केही समय अगाडी मात्रै इप्रका ऑबुखैरेनीमा निरज डॉगी आइसकेका छन् ।