शुक्लागण्डकी–८ मा माओवादीका पाँच आकांक्षी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    शुक्लागण्डकी–८ मा माओवादीका पाँच आकांक्षी

    खबरपुञ्ज संवाददाता

    २५ चैत्र २०७८, शनिबार

    दुलेगाैडा । शुक्लागण्डकी नगरपालिका–८ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष बन्नलाई पाँच जनाले आकांक्षा व्यक्त गरेका छन् । युवादेखि पुराना नेतासम्म वडाध्यक्ष बन्ने आकांक्षी छन् । रामेश्वर भट्टराई, मिलन महत, चिरञ्जिवी शर्मा, भद्रबहादुर थापा र पुर्णबहादुर थापाले वडाध्यक्ष बन्ने इच्छा देखाएका छन् ।

    वडा सदस्यमा कुलबहादुर कुमाल, सपना विक, विपना थापा, मिना थापा, विष्णु श्रेष्ठ, प्रमिला परियार र कविराज गुरुङले आकांक्षा राखेका छन् । शुक्रबार भएको भेलाले आकांक्षीको नामावली नगर कमिटीमा पठाएको छ । यस्तै भेलाले विनोद पौडल संयोजक र मिन थापा सहसंयोजक रहने गरेर ७५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।