दमाैली । स्थानीय तह निर्वाचनका लागि तनहुँमा आइतबार सत्तारुढ दलको बैठक बसेको छ । निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय बमोजिम आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुको बैठक बसेको हो ।
माओवादी केन्द्रको कार्यालयमा बसेको बैठकले पालिकाको सुझाव अनुसार अगाडी बढ्ने निर्णय गरेको छ । प्रत्येक पालिकामा पुगेर सुझाव लिने र कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भएको नेपाली कांंग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो । अर्को बैठक वैशाख २ गते बस्ने सहमति भएको छ ।