जङ्गली च्याउ खाँदा बिरामी म्याग्देकी महिलाकाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जङ्गली च्याउ खाँदा बिरामी म्याग्देकी महिलाकाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    २६ चैत्र २०७८, आईतवार

    दमाैली । जङ्गली च्याउ खाएर बिरामी भएका तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेका एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४७ वर्षीया सुनिमाया थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    गत चैत १८ गते जङ्गलमा च्याउ खोज्न गई घरमा ल्याएर खानासँग तरकारीको रुपमा खाँदा बिरामी भएकी उनको आइतबार नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

    च्याउ खाएर बिरामी उनलाई दमौली अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाँदा दश जना बिरामी भएका थिए ।