भानु । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँको भानु नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । भानु नगरपालिका–२ फुस्रेटारमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
उक्त कार्यालयको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले उद्घाटन गरे । कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौली, उपप्रमुख आशा थापा, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, भानुका निर्वाचन अधिकृत जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुंवर लगायत सहभागी थिए ।