दमौली । ऑबुखैरेनी गाउँपालिका-३ का वडा सदस्य दिनेश केसीले राजिनामा दिएका छन्। केसीले बिहीबार गाउँपालिका अध्यक्ष गिरबहादुर थापा समक्ष राजिनामा दिएका हुन् ।
वडाध्यक्षको उम्मेदवार बन्नका लागि केसीले राजिनामा बुझाएका हुन् । उनी वडाध्यक्षका प्रवल दावेदार हुन् ।
नेपाली कांग्रेस ऑबुखैरेनी सचिव रहेका उनी लोकप्रिय छन् । वडाध्यक्षमा पार्टीले टिकट दिए सजिलै चुनाव जित्ने केसीले बताए ।