दुलेगौडा । नेपाली कांग्रेस शुक्लागण्डकी नगर कार्य समितिले निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै दुलेगौँडा वन्केवा चोकमा आइतबार निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको हो ।
निर्वाचनलाई लक्षित गर्दै पार्टीको छलफल गर्न, भेला हुन सहज वातावरण सिर्जना गर्न निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको कांग्रेसका नगर समितिका सहसचिव भिष्म श्रेष्ठले बताए ।
नगर समितिका सभापति गोपिबहादुर गुरुङ लगायत कांग्रेसका नेता कृष्णप्रसाद रेग्मी, गोबिन्द भट्टराई, शिव रेग्मी, दिपेन्द्र पौडेल, शिवकुमार श्रेष्ठ लगायतको उपस्थितीमा सम्पर्क कार्यालय स्थापना गरिएको थियो ।