दुलेगाैडा । मनोनयन दर्ताको पहिलो दिन आइतबार शुक्लागण्डकीमा ६ जनाले मात्रै मनोनयन दर्ता गराएका छन् । स्थानीय तह निर्वाचनका लागि दुई मेयर सहित ६ जनाले मनोनय दर्ता गराएको सहायक निर्वाचन अधिकृत लक्ष्मण लम्सालले बताए ।
मेयरमा मंगोल नेशनल अर्गनाइजेसनका नमबहादुर थापा र उन्नत लोकतन्त्र पार्टीका जगदीश काफ्लेले मनोनय दर्ता गराएका हुन् । शुक्लागण्डकी नगरपालिका–६ को वडाध्यक्षमा मंगोल नेशनल अर्गनाइजेसनका फणिन्द्रबहादुर राना र महिला वडा सदस्यमा बसन्ती थापाको पनि मनोनयन दर्ता भएको छ ।
शुक्लागण्डकी–७ को वडाध्यक्षमा तुलसीप्रसाद पौडेल र शुक्लागण्डकी–११ को वडाध्यक्षमा सन्तोष मल्लले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । शुक्लागण्डकीमा क्रियाशिल अन्य दल भने पहिलो दिन मनोनयन दर्ता गराउन आएनन् । दिनभर निर्वाचन अधिकृतको कार्यालय सुनसान रह्यो । सोमबार निकै भिडभाड हुने अनुमान गरिएको छ ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन चेतावनी छ ।