देवघाटमा पनि राप्रपाको मात्रै मनोनयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटमा पनि राप्रपाको मात्रै मनोनयन

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०७९, आईतवार

    देवघाट । देवघाट गाउँपालिकामा राप्रपाका चार जना उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् । अध्यक्षमा कृष्णप्रसाद आचार्य, उपाध्यक्षमा गंगामाया गुरुङले मनोनयन दर्ता गराए ।

    देवघाट–५ को वडाध्यक्षमा राप्रपाका कृष्णप्रसाद पोखरेल र वडा सदस्य चन्द्रबहादुर शाहीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत थमनसिं थापाले बताए । सोमबार भिडभाड हुने भएपछि दलहरुलाई आलोपालो प्रणाली अनुसार समय दिएको उनको भनाई छ । ‘विहान १० देखी १२ बजेसम्म जो आए पनि पाउनु हुन्छ । त्यसपछि समय छुट्याएका छौँ’, उनले भने ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।