भिमादमा गठबन्धनसँग भिड्दै एमाले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भिमादमा गठबन्धनसँग भिड्दै एमाले

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०७९, मंगलवार

    भिमाद । भिमाद नगरपालिकामा गठबन्धन भर्सेस नेकपा एमालेको भिडन्त हुने भएको छ । सोमबार एमालेबाट मेयरमा दधिराज सुवेदी र उपमेयरमा शारदा खनालले उम्मेद्वारी दर्ता गराए ।

    शारदा खनाल फेरी उपमेयरमा दोहोरिनलाई उम्मेद्वारी दर्ता गराएकी छन् । भिमादमा नेपाली कांग्रेस, एकिकृत समाजवादी, माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ती पार्टीले गठबन्धन गरेका छन् । गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका काजिमान श्रेष्ठले मेयरमा र नेपाली कांग्रेसका मिलन आलेले उपमेयरमा उम्मेद्वारी दर्ता गराएका छन् ।