


करिव साढे चार बर्ष अघि
प्रकाशित सुचना,
पत्रीकामा छापेको थिंए
नेता हराएको सुचना,
सुचनामा हुलिया थियो
बर्ष २५ नाघेका…
अमुक नाम ठेगाना भएका,
बोल्नमा सिपालु
यस्तै यस्तै…..
सुचनामा यो पनि थियो
पाउनु हुनेले शडकमा लगि नङ्ग्याउनु होला,
झुट्टा भाषण दिनेको
त्यो थुतुनो बङ्याउनु होला,
आज बर्सौंपछी फेरि
घरदैलोमा जुम्ल्याहात गर्दै,
माथी गाउंको त्यहिं भन्ज्याङ्गमा,
बिपन्न बस्ती
जो सदियौं देखि
रोग भोकको शोकमा, राहतको आसमा
मन र आँखा बिछ्याइरहे का
सोझा निमुखा जनता जम्मा पारेर
यस्तो उस्तो गर्छु ….
बिगतमा बिपक्षिले गर्न दिएनन,
यस्तै भन्दै कशम खाइरहेछन,
हिंजोको चुनावी ताका झैं,
हिजो जस्तै त्यस्तै आस्वासन बाडिरहेका छन,
त्यो सुचनाको हुलिया सङ्ग हुबहु मिल्ने,
उहीँ कथित नेता
भेटिएको छ,
डोरि लिएर आउनुस
पाता फर्काउनु पर्छ,
सबैले एकै स्वरमा थर्काउनु पर्छ,
यस्ता लाई नङ्ग्याउनु पर्छ
आचिखाने त्यो थुतुनो बङ्ग्याउनु पर्छ।